सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप काठमाडौंमा आयोजना हुने | Khabarhub Khabarhub

सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप काठमाडौंमा आयोजना हुने


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कराते महासंघको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने समेत जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ । 

क्याडेट, जुनियर, यु-२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासंघका महासचिव दावा गुरुङले जानकारी दिए । क्याडेटमा १२, जुनियरमा १५, यु-२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।

जम्मा ३ सय ५३ खेलाडीको सहभागिता रहने जनाइएको छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ । प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ । खेल खेलाउन ३ टाटामी (म्याट) प्रयोग गरिने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपैयाँ खर्च हुनेछ । 

प्रतियोगिता अघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुने महासंघले जनाएको छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ५ : ५५ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान