पश्चिम एसियामा द्वन्द्व समाधानका लागि भारतले भूमिका खेल्न सक्छ : भारतका लागि जोर्डनका राजदूत | Khabarhub Khabarhub

पश्चिम एसियामा द्वन्द्व समाधानका लागि भारतले भूमिका खेल्न सक्छ : भारतका लागि जोर्डनका राजदूत


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका लागि जोर्डनका राजदूत मोहम्मद सलाम जमिल ए एफ एल कायेदले पश्चिम एसियामा जारी द्वन्द्वको समाधानका लागि उदीयमान राष्ट्रका रुपमा भारतले भूमिका गर्न सक्ने जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा राजदूत एल कायेदले मध्यपूर्वमा जारी द्वन्द्व समाधान गर्न एवम् त्यहाँ मृत्यु भइरहेका मानिसहरुको जीवन रक्षाका लागि भारतले भूमिका खेल्न सक्ने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयबीच निरन्तर संवाद भइरहेको बताउँदै उनले पश्चिम एसियामा जारी सुरक्षा एवम् मानवीय सहायताबारे पनि छलफल भएको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघमा इजरायल र हमासबीच जारी द्वन्द्वमा युद्धविरामबारे जोर्डनको नेतृत्वमा गरिएको प्रस्तावमाथि भएको मतदानमा भारत अनुपस्थित भएपछि जोर्डनका राजदूतको यस्तो भनाइ आएको हो ।

मतदानमा अनुपस्थित हुने भारतको निर्णय आन्तरिक मामिला भएकाले यसबारे हस्तक्षेप नगर्नेसमेत उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ५९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून