पश्चिम एसियामा द्वन्द्व समाधानका लागि भारतले भूमिका खेल्न सक्छ : भारतका लागि जोर्डनका राजदूत « Khabarhub

पश्चिम एसियामा द्वन्द्व समाधानका लागि भारतले भूमिका खेल्न सक्छ : भारतका लागि जोर्डनका राजदूत


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका लागि जोर्डनका राजदूत मोहम्मद सलाम जमिल ए एफ एल कायेदले पश्चिम एसियामा जारी द्वन्द्वको समाधानका लागि उदीयमान राष्ट्रका रुपमा भारतले भूमिका गर्न सक्ने जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा राजदूत एल कायेदले मध्यपूर्वमा जारी द्वन्द्व समाधान गर्न एवम् त्यहाँ मृत्यु भइरहेका मानिसहरुको जीवन रक्षाका लागि भारतले भूमिका खेल्न सक्ने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयबीच निरन्तर संवाद भइरहेको बताउँदै उनले पश्चिम एसियामा जारी सुरक्षा एवम् मानवीय सहायताबारे पनि छलफल भएको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघमा इजरायल र हमासबीच जारी द्वन्द्वमा युद्धविरामबारे जोर्डनको नेतृत्वमा गरिएको प्रस्तावमाथि भएको मतदानमा भारत अनुपस्थित भएपछि जोर्डनका राजदूतको यस्तो भनाइ आएको हो ।

मतदानमा अनुपस्थित हुने भारतको निर्णय आन्तरिक मामिला भएकाले यसबारे हस्तक्षेप नगर्नेसमेत उनले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ५९ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन