भानुभक्तको घर जलेको २० वर्ष बित्यो,अझै भएन पुनःनिर्माण « Khabarhub

भानुभक्तको घर जलेको २० वर्ष बित्यो,अझै भएन पुनःनिर्माण


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

तनहुँ – राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष वितेपनि अझै पुनःनिर्माण हुनसकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनु भएका आचार्यको योगदानलाई कदर गर्दै पुनः निर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएपछि बनाउन नसकिएको हो ।

उनको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुनःनिर्माण गरेको घर विसं २०६० वैशाख १० गते जङ्गलमा आगलागी हुँदा जलेर पूर्ण नष्ट बनेको थियो ।

भानुभक्त जन्मेको घर जहाँ बसेर उनले काव्य रचना गरेका थिए । अहिले त्यो घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्यले बताए । भानुको जन्मघर हेर्ने चाहना राखेर भानुजन्मस्थल पुग्ने जो कोही मानिस खिन्न भएर फर्किने गरेको उनले बताए । भानुको घरको पुनःनिर्माण नहुनु भनेको चुँदीरम्घा, कला, साहित्य र भानुभक्तप्रति अपमान भएको हो कि भन्ने आशङ्का उब्जिएको छ ।

केही वर्षअघि भानुजन्मस्थल चुँदीरम्घामा गरिएको अन्तर्राष्ट्रिय कवि सम्मेलनमा भाग लिएका स्वदेश तथा विदेशका कवि भानुको जलेको घर देख्दा अधिकांश कविको आँखा रसाएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले स्मरण गरे ।

विसं २०५५मा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले आचार्यको घर पुनःनिर्माण गरेको थियो । तत्कालीन समयमा रु एक लाख २६ हजार नौ सय ९५ मा बनाइएको घरलाई खण्डहर बनेको लामो समय वितिसक्दा पनि पुनःनिर्माण हुनसकेको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

एउटा घर बनाउन सङ्घ तथा प्रदेशको मुख ताक्नुपर्दैन भानुकै नामबाट बनेको भानु नगरपालिकाले बनाउन नसक्नु लज्जास्पद कुरा भएको भानु नगरपालिका–५ पुरनडिही निवासी भरत पोख्रेलले बताए । योगदानलाई संरक्षण गरी यस क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न राजनीतिभन्दा माथि उठ्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

भानुभक्तमाथि राजनीति नगरी उनले नेपाली भाषा र साहित्यमा पुर्याएको योग्दानलाई ओझेलमा पार्नु नहुने स्थानीयवासीको भनाइ रहेको छ । साहित्यिक पर्यटन विकास र साहित्यको माध्यमबाट आर्थिक विकास, सिर्जनशीलता अभिवृद्धि र जीवनयापनमा उल्लेख्य परिवर्तन ल्याउन सक्ने हुँदा जतिसक्दो चाँडो निर्माण कार्य अघि बढाउन आवश्यक देखिएको छ । भानु जन्मस्थलको वृहत्तर विकासका लागि समिति नै गठन गरिसकिएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए ।

उनका अनुसार समितिको मुख्य काम भानुको जन्मघरको संरक्षण,उनका रचनाको प्रचार अनि भानु क्षेत्रको विकास गर्ने भए पनि प्रयाप्त बजेट नहुँदा समितिले प्रभावकारी काम गर्न सकेको छैन ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ५९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले