भानुभक्तको घर जलेको २० वर्ष बित्यो,अझै भएन पुनःनिर्माण | Khabarhub Khabarhub

भानुभक्तको घर जलेको २० वर्ष बित्यो,अझै भएन पुनःनिर्माण


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

तनहुँ – राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको २० वर्ष वितेपनि अझै पुनःनिर्माण हुनसकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनु भएका आचार्यको योगदानलाई कदर गर्दै पुनः निर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएपछि बनाउन नसकिएको हो ।

उनको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुनःनिर्माण गरेको घर विसं २०६० वैशाख १० गते जङ्गलमा आगलागी हुँदा जलेर पूर्ण नष्ट बनेको थियो ।

भानुभक्त जन्मेको घर जहाँ बसेर उनले काव्य रचना गरेका थिए । अहिले त्यो घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्यले बताए । भानुको जन्मघर हेर्ने चाहना राखेर भानुजन्मस्थल पुग्ने जो कोही मानिस खिन्न भएर फर्किने गरेको उनले बताए । भानुको घरको पुनःनिर्माण नहुनु भनेको चुँदीरम्घा, कला, साहित्य र भानुभक्तप्रति अपमान भएको हो कि भन्ने आशङ्का उब्जिएको छ ।

केही वर्षअघि भानुजन्मस्थल चुँदीरम्घामा गरिएको अन्तर्राष्ट्रिय कवि सम्मेलनमा भाग लिएका स्वदेश तथा विदेशका कवि भानुको जलेको घर देख्दा अधिकांश कविको आँखा रसाएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले स्मरण गरे ।

विसं २०५५मा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले आचार्यको घर पुनःनिर्माण गरेको थियो । तत्कालीन समयमा रु एक लाख २६ हजार नौ सय ९५ मा बनाइएको घरलाई खण्डहर बनेको लामो समय वितिसक्दा पनि पुनःनिर्माण हुनसकेको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

एउटा घर बनाउन सङ्घ तथा प्रदेशको मुख ताक्नुपर्दैन भानुकै नामबाट बनेको भानु नगरपालिकाले बनाउन नसक्नु लज्जास्पद कुरा भएको भानु नगरपालिका–५ पुरनडिही निवासी भरत पोख्रेलले बताए । योगदानलाई संरक्षण गरी यस क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न राजनीतिभन्दा माथि उठ्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

भानुभक्तमाथि राजनीति नगरी उनले नेपाली भाषा र साहित्यमा पुर्याएको योग्दानलाई ओझेलमा पार्नु नहुने स्थानीयवासीको भनाइ रहेको छ । साहित्यिक पर्यटन विकास र साहित्यको माध्यमबाट आर्थिक विकास, सिर्जनशीलता अभिवृद्धि र जीवनयापनमा उल्लेख्य परिवर्तन ल्याउन सक्ने हुँदा जतिसक्दो चाँडो निर्माण कार्य अघि बढाउन आवश्यक देखिएको छ । भानु जन्मस्थलको वृहत्तर विकासका लागि समिति नै गठन गरिसकिएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए ।

उनका अनुसार समितिको मुख्य काम भानुको जन्मघरको संरक्षण,उनका रचनाको प्रचार अनि भानु क्षेत्रको विकास गर्ने भए पनि प्रयाप्त बजेट नहुँदा समितिले प्रभावकारी काम गर्न सकेको छैन ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ५९ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको