सजाइँदै राजधानीका छठ घाट, गुह्येश्वरी क्षेत्रमा झिलीमिली « Khabarhub

सजाइँदै राजधानीका छठ घाट, गुह्येश्वरी क्षेत्रमा झिलीमिली


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्ष्यित दीपावली पनि यस क्षेत्रमा थपिएको छ ।

बागमती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गर्ने गरी तयारी गरिएको छठ पूजा समिति, गुह्येश्वरीले जनाएको छ । छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाउने तयारी गरिएको हो । प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाउन थालिएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गर्न लागिएको छ । जहाँ आइतबार बेलुकी अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यस वर्ष विगतमाभन्दा बढी छठ घाटको निर्माण गर्न लागिएको समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए । विगतमा करिब ५०० छठ घाट निर्माण गरिएकामा यस वर्ष ५५० भन्दा बढी बनाउने तयारी गरिएको छ । एउटा छठ घाट रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई दिएको छठ पूजा समितिका सदस्य नवलकिशोर यादवले बताए ।

यहाँ करिब ५५० वर्तालु, तिनका परिवार एवं अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने अनुमान समितिले गरेको छ । २० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समुदाय पनि छठ पर्व मनाउने गरेका छन् ।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताइन्। सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गरेकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजा आराधना गरी पर्व मनाउने गरेकी छन्। आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाई आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उनले बताइन् ।

नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गर्न लागिएको छ । माटाको मूर्तिमा आइतबार र सोमबार पूजा आराधना गरी सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै बागमती नदीमै सेलाइने समितिका सचिव राजकुमार पोदारले बताए ।

छठ पूजा स्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भीड लाग्ने गर्छ । छठ पूजा स्थल वरपर व्यापार व्यवसाय गर्नेको भीड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा गत वर्षदेखि नै माइकिङ गर्न सुरु गरेको छ ।

कमलपोखरीमा तयारी तीव्र
कमलपोखरीमा पनि सजावट गरी छठ घाट निर्माणलाई तीव्रता दिइएको छ । कमलपोखरीमा १७५ जना वर्तालुले छठ पूजा गर्न घाट निर्माण गर्ने तयारी भएको छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए । यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिने भएको छ ।

चार दिने छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि नीराहार व्रत बसेका वर्तालुले आइतबार रातभर छठ पूजा स्थलमा जाग्राम बसेर उदाउँदो सूर्यको प्रतीक्षा गर्ने गरेको सिराहाबाट पर्व मनाउन आएका रणेन्द्र यादव बताउँछन् । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व समापन हुन्छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ३९ बजे

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल