छठका लागि बाँसको सामग्री बनाउन मरिक समुदायलाई भ्याइनभ्याइ | Khabarhub Khabarhub

छठका लागि बाँसको सामग्री बनाउन मरिक समुदायलाई भ्याइनभ्याइ


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

इनरुवा – मिथला क्षेत्रमा तामझामका साथ मनाइने छठ आउन दुई दिन मात्र बाँकी रहेका बेलामा मरिक समुदायका मानिस छठमा प्रयोग हुने बाँसका सामग्री बनाउन व्यस्त भएका छन् ।

सुनसरी हरिनगरसहित जिल्लाका विभिन्न स्थानका मरिक समुदायका मानिस छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेकाले बाँसको सामग्री बनाउन लागेको हरिनर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले बताए।

अहिले गाउँगाउँबाट रु एक सयदेखि तीन सय ५० सयसम्मा बाँस किनेर ल्याइ छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायका अगुवाले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको स्थानीय मरिक बताउँछन् ।

स्थानीय मरिकका अनुसार छठ पर्व गर्ने प्रत्येक वर्ष बढेकाले आफूलाई बाँसको सामग्री सबैलाई पु¥याउन नै गाह्रो हुने गरेको छ । छठमा बाँसको सामग्री पु¥याउनलाई आफू महिना दिनअघिदेखि नै काममा व्यस्त भएको स्थानीय गीता मरिकले बताए ।

आफ्नो समुदायको रोजगारी र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइ लागेको र त्यसबाट आएको आम्दानीले छोराछोरी पढाउने गरेको उनले बताए । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनिया र ढाकी बनाउने र बिक्री गर्ने योजना रहेको छ । हरिनगरका मरिक जस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानका मरिक छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त अन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ४७ बजे

एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रीबारे

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत