इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको बराबरी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीको जितमा ज्याक ग्रेलीस, रिको लेविस र प्यालेसका लागि जेन फिलिप मेटा, माइकल ओलिसले एक–एक गोल गरेका थिए ।

सिटीले क्रिस्टल प्यालेससँगको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु  पर्‍याे । सिटीले खेलको २४औँ र ५४औँ मिनेटमा गोल गरी अग्रता बनाएको थियो ।

तर खेलको अन्त्यतिर क्रिस्टल प्यालेस बराबरी गर्न सफल भयो । उसले खेलको ७६औँ र इन्जुरी समयमा गोल गर्यो ।

यो बराबरीसँगै सिटी १७ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा यथावत रहेको छ । १७ अंक भएको क्रिस्टल प्योले १५औँ स्थानमा छ । 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ०४ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल