स्पेनिस ला लिगा : बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोना र भ्यालेन्सियाले खेले बराबरी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् ।

बार्सिलोनाका जाआओ फेलिक्स र भ्यालेन्सियाका ह्युगो गुइलामोनले एक–एक गोल गरेका थिए । खेलको ५५औँ मिनेटमा फेलिक्सको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तर सो अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

त्यसपछि खेलको ७०औँ मिनेटमा भ्यालेन्सियाका गुइलामोनले एक गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै बार्सिलोना १७ खेलबाट ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भ्यालेन्सिया २० अंकसहित १०औँ स्थानमा छ ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : २४ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने