तनहुँको कमलबारीमा बस दुर्घटना, १८ जना घाइते « Khabarhub

तनहुँको कमलबारीमा बस दुर्घटना, १८ जना घाइते


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१, साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका–३, चाम्बासका २१ वर्षीया सविता सुनार,  १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका–२ का ३० वर्षीय प्रदीप गोदार छन् ।

त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षीया पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका–१ का ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र  २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका–२ का २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।

साथै भानु नगरपालिका–१, साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीया नविन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका–२, डाङग्रे खोल्सीका ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका–११ मूलपानीका ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णिमा भट्टराई छन् ।

घाइतेमध्ये दश जनाको दमौली अस्पताल र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : ४४ बजे

घडियाल गोहीका सात गुँडका १९५ अण्डा संकलन

चितवन– राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट

झापामा ८ लाख बराबरको धनमाल चोरी

झापा– मेचीनगर नगरपालिका-६ प्रगति टोल बस्ने दिपेन्द्र राज पाण्डेको घरबाट सुनका गरगहना

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बाजुरा– बुढीगंगा नगरपालिका-७ खाडेखेत बस्ने दिपक ओखेडाको घरमा आइतबार राति आगलागी हुँदा

रत्नपार्कनजिकै बटुवालाई पानी पिउने प्रबन्ध (तस्बिरहरु)

काठमाडौं- राजधानीको मुटु रत्नपार्कनजिकै बटुवालाई पानी पिउने प्रबन्ध मिलाइएको छ

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि