राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव « Khabarhub

राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक बसिरहेको  छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा सम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

बैठकमा आफ्नो प्रस्ताव पेस गर्दै लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका हुन् ।

उनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक सङ्घर्षमा जानुको विकल्प नभएको बताए । उनले राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष सुनाउँदै प्रतिपक्षको भूमिकामा पार्टी थप सशक्त हुने बताए ।

अध्यक्ष लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्योलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लागेको आरोप लगाए ।

उनले समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदवाव सिर्जना गर्नुको विकल्प नभएको समेत धारणा राखे ।

बैठकमा महामन्त्री डा. धवलशमशेर राणाले वृहत आन्दोलन सम्बन्धी कार्य योजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धी प्रतिवेदन पेस गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठक मङ्गलबारसम्म चल्नेछ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : ०५ बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट