विकास र समृद्धिमा भन्दा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री « Khabarhub

विकास र समृद्धिमा भन्दा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेकी छिन् । काठमाडौँमा भएको एक कार्यक्रममा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

‘विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ । राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ । अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ’, उनले भनिन् ।

उनले सञ्चारमाध्यमले पनि जिम्मेवारीपूर्वक भूमिका बहन गर्नुपर्नेमा जोड दिइन् । पछिल्लो समय सूचना–प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनका आधारमा हामी अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।

सरकारी सञ्चारमाध्यम र त्यसमा पनि छापामाध्यमले दिने सामग्रीमा सुधार गर्न सकिएन भने अहिलेको डिजिटल युगमा प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ ।

मन्त्री शर्माले अब सरकारी सञ्चारमाध्यमले विशिष्टिकृत सामग्री उत्पादनमा ध्यान दिनुपर्ने बताइन् । कुनै क्षेत्रगतरुपमा नेतृत्व गर्ने गरी समाचार सामग्री दिन सकेमा मात्रै छापामाध्यमले आफ्नो अस्तित्व जोगाउन सक्ने उनको बुझाइ थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : १९ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक