स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित | Khabarhub Khabarhub

स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत सम्बन्धि रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाविन्दु देखिएको छ । उनले भने–“मोतियाविन्दु देखिएकालाई निःशुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।”

शिविरमा आँखासम्बन्धी दुई सय १४ जनाले तथा छाला, हड्डी, छाती र स्वाशप्रश्वास सम्बन्धि ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । उपचारमा डा गणेश फुलारा, डा अनिल खड्का, डा पुजन चापागाइँलगायतको टोली खटिएको शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए ।

“जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि शिविर सञ्चालन गरिएको हो”, उनले भने, “आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।”

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : ३७ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई