पहिलो टेष्ट क्रिकेटमा पाकिस्तानमाथि अष्ट्रेलिया ३ सय ६० रनले विजयी « Khabarhub

पहिलो टेष्ट क्रिकेटमा पाकिस्तानमाथि अष्ट्रेलिया ३ सय ६० रनले विजयी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानसँगको पहिलो टेष्ट क्रिकेटमा अष्ट्रेलिया ३ सय ६० रनले विजयी भएको छ ।

अष्ट्रेलियाले दिएको ४ सय ५० रन लक्ष्य पछ्याएको पाकिस्तान आज चौथो दिनमा ८९ रन बनाउँदा अलआउट भयो ।

उसका लागि साउद सकिलले सर्वाधिक २४ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका मिचेल स्टार्क र जस हजलउडले ३/३ तथा नाथन लायनले दुई विकेट लिए ।

पहिलो पारीमा अष्ट्र्रेलियाले ४ सय ८७ रन बनाउँदा पाकिस्तानले २ सय ७१ रन मात्रै बनाएको थियो ।

दोस्रो पारीमा अष्ट्रेलियाले २ सय ३३ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ४ सय ५० रनको लक्ष्य पाएको हो ।

पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको टेष्ट सिरिज भएको हो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : २२ बजे

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज