यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई « Khabarhub

यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू-१९ एसिया कपको फाइनलमा बङ्गलादेशले युएईलाई १ सय ९५ रनको फराकिलो अन्तरले हराएको छ ।

पाकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको युएईले बङ्गलादेशसँग बिर्सन लायक प्रदर्शन गर्‍यो ।

२ सय ८३ रनको लक्ष्य पछ्याएको युएईले २४.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।

बङ्गलादेशका बलर सामु युएईका दुई जना खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । युएईका ध्रुव परासरले नटआउट २५ रन जोड्दा अक्षत राइले ११ रन बनाए ।

बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३–३ विकेट लिए। इकबाल हुसेन र शिख जिबोनको नाममा २–२ विकेट रह्यो।

युएईमा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन बनायो । बंगलादेशका लागि ओपनर अशिकुर रहमान शिब्लीले शतक प्रहार गरे। उनले १२९ रन जोड्दा चौधुर रिजवानले ६० रन र अरिफूल इस्लामले ५० रन बनाए।

बलिङमा युएईका अयमन अहमेदले ४ विकेट लिए। भारतलाई सेमिफाइनलमा हराएर बङ्गलादेशले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा भाग लिएको नेपाल भने समूह चरणबाट बाहिरिएको थियो । नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तान तीनै टिमसँग हार बेहोरेको थियो।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ३५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,