सरकारका राम्रा कामबाट प्रतिक्रियावादी आतङ्कित भए : प्रधानमन्त्री दाहाल | Khabarhub Khabarhub

सरकारका राम्रा कामबाट प्रतिक्रियावादी आतङ्कित भए : प्रधानमन्त्री दाहाल


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका राम्रा कामबाट प्रतिक्रियावादीहरु आतङ्कित भई जनतामा गलत भ्रम छर्न थालेको बताएका छन् ।

आज महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट एक थरी मान्छे आतङ्कित बनेको बताए ।

गठबन्धन र मन्त्रिपरिषद्को बैठकबाट एनसेलसम्बन्धी छानबिन गर्न समिति बनाएपछि प्रतिक्रियावादीले जानीबुझी सरकारका कामको कुप्रचार गर्ने षड्यन्त्र रचेको प्रधानमन्त्री दाहालको तर्क थियो ।

माओवादी केन्द्रको नेतृत्वको सरकारले थालेका कामबाट देशमा सकारात्मक परिवर्तन सुरु भएको देख्न नसकेको उनको आरोप थियो ।

भारत, चीन, अमेरिका भ्रमण र संयुक्त राष्ट्रसंघ, इटालीको खाद्य सम्मेलन, कोप-२८ लगायतका सभा र सम्मेलनमा आफ्नो सहभागिताले नेपालको उपस्थितिमात्रै नभएर विश्वसामु नेपाल र नेपाली जनताको पक्षमा नयाँ आयाम थपेको प्रधानमन्त्री दाहालले बताए ।

लगातार प्रयासपछि देशको अर्थतन्त्रमा केही प्रगति भए तापनि नयाँ वर्षबाट नयाँ प्रक्रियाबाट नेपालको अर्थतन्त्रलाई गति दिने गरी काम गर्ने प्रधानमन्त्रीको दबी छ ।

नेपालमा शिक्षामा गुणात्मक रुपान्तरण गर्नु देशको अहिलेको महत्वपूर्ण कार्यभार भएको भन्दै उनले शिक्षा विधेयक छिट्टै मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : १५ बजे

टप टी–२० सिरिज : मेलबर्न स्टार्सविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात

‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न !

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ भदौ ६ बाट प्रदर्शनमा

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको

यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोली