सरकारका राम्रा कामबाट प्रतिक्रियावादी आतङ्कित भए : प्रधानमन्त्री दाहाल « Khabarhub

सरकारका राम्रा कामबाट प्रतिक्रियावादी आतङ्कित भए : प्रधानमन्त्री दाहाल


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका राम्रा कामबाट प्रतिक्रियावादीहरु आतङ्कित भई जनतामा गलत भ्रम छर्न थालेको बताएका छन् ।

आज महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट एक थरी मान्छे आतङ्कित बनेको बताए ।

गठबन्धन र मन्त्रिपरिषद्को बैठकबाट एनसेलसम्बन्धी छानबिन गर्न समिति बनाएपछि प्रतिक्रियावादीले जानीबुझी सरकारका कामको कुप्रचार गर्ने षड्यन्त्र रचेको प्रधानमन्त्री दाहालको तर्क थियो ।

माओवादी केन्द्रको नेतृत्वको सरकारले थालेका कामबाट देशमा सकारात्मक परिवर्तन सुरु भएको देख्न नसकेको उनको आरोप थियो ।

भारत, चीन, अमेरिका भ्रमण र संयुक्त राष्ट्रसंघ, इटालीको खाद्य सम्मेलन, कोप-२८ लगायतका सभा र सम्मेलनमा आफ्नो सहभागिताले नेपालको उपस्थितिमात्रै नभएर विश्वसामु नेपाल र नेपाली जनताको पक्षमा नयाँ आयाम थपेको प्रधानमन्त्री दाहालले बताए ।

लगातार प्रयासपछि देशको अर्थतन्त्रमा केही प्रगति भए तापनि नयाँ वर्षबाट नयाँ प्रक्रियाबाट नेपालको अर्थतन्त्रलाई गति दिने गरी काम गर्ने प्रधानमन्त्रीको दबी छ ।

नेपालमा शिक्षामा गुणात्मक रुपान्तरण गर्नु देशको अहिलेको महत्वपूर्ण कार्यभार भएको भन्दै उनले शिक्षा विधेयक छिट्टै मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : १५ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि