संसदीय समितिले गर्‍यो सर्वोच्चका थप दुई प्रस्तावित न्यायधीशको सुनुवाइ « Khabarhub

संसदीय समितिले गर्‍यो सर्वोच्चका थप दुई प्रस्तावित न्यायधीशको सुनुवाइ


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका दुई जना प्रस्तावित न्यायधीशको संसदीय सुनुवाइ गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकले प्रस्तावित सर्वोच्चका प्रस्तावित न्यायाधीश उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ गरेको हो । सो क्रममा पौडेल र ढुङ्गानाले भावि कार्ययोजना प्रस्तुत गरेका थिए ।

संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारितामा उनीहरुले प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि उनहरुको जोड थियो ।

यसअघि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया