सिटी एक्सप्रेसको ‘१० गुणा बढी पाउने’ मेगा बम्पर विजेताको नाम घोषणा | Khabarhub Khabarhub

सिटी एक्सप्रेसको ‘१० गुणा बढी पाउने’ मेगा बम्पर विजेताको नाम घोषणा


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ ।

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफूले पठाएको रकम ५३ हजार ७५  को १० गुणा गरेर  ५ लाख ३० हजार ७ सय ५० रुपैयाँ जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ५०० को वालेट टप् अप, ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार र दुई जनाले मासिक उपहार १लाख जित्न सफल भइसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा विगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ३४ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको