सिटी एक्सप्रेसको ‘१० गुणा बढी पाउने’ मेगा बम्पर विजेताको नाम घोषणा « Khabarhub

सिटी एक्सप्रेसको ‘१० गुणा बढी पाउने’ मेगा बम्पर विजेताको नाम घोषणा


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ ।

चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफूले पठाएको रकम ५३ हजार ७५  को १० गुणा गरेर  ५ लाख ३० हजार ७ सय ५० रुपैयाँ जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ५०० को वालेट टप् अप, ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार र दुई जनाले मासिक उपहार १लाख जित्न सफल भइसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा विगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ३४ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका