शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन भएको छ । आतङ्कवादीहरुले बारम्बार हमला गर्दा पनि सरकारले शान्ति तथा अमन चयनको वातावरण बनाउन नसकेको भन्दै गिल्गिट बाल्टिस्तानका सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

केही समयअघिमात्रै त्यहाँ आतङ्कवादीहरुले स्थानीय बस रोकेर गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो । घटनामा अरु २६ जना घाइते भएका थिए ।

प्रदर्शनमा स्कार्डु, चिलास र गिल्गिटका महिला तथा बालबालिकासमेत सहभागी रहेको टाइम्स अफ ओमनले जनाएको छ ।

प्रदर्शनकारीले राजमार्ग अवरुद्ध गरी नाराबाजी गरेका थिए । आतङ्कवादीले स्थानीय बासिन्दामा डरको वातावरण बनाउन खोजेको भन्दै यसविरुद्ध सरकारले पनि कुनै कदम नचालेको प्रदर्शनकारीको आरोप छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ४२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई