संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्छ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्छ : मन्त्री बस्नेत


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको एक सय २१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षण गर्न सकेमा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले यसको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका हुन् ।

संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्योतिष विज्ञान, धर्मकर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेका भन्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाइ हुने विद्यालयहरुले पढाइको स्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सिन्धुपाल्चोकका तीनवटा पालिकाबाट कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको जानकारी दिँदै कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने वास्तविकतालाई हृदयङ्गम गरी आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि सबै अस्पतालका १० प्रतिशत शय्या विपन्न वर्गका लागि निःशुल्क गरिरहेको र सङ्घीय सरकार मातहतका तीन हजार ५० हजार जनरल शय्या निःशुल्क गरेको जानकारी दिए ।

चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर भए पनि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गर्न सरकार लागिपरेको जानकारी मन्त्री बस्नेतले दिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ०९ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको