संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्छ : मन्त्री बस्नेत « Khabarhub

संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्छ : मन्त्री बस्नेत


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको एक सय २१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षण गर्न सकेमा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले यसको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका हुन् ।

संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्योतिष विज्ञान, धर्मकर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेका भन्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाइ हुने विद्यालयहरुले पढाइको स्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सिन्धुपाल्चोकका तीनवटा पालिकाबाट कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको जानकारी दिँदै कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने वास्तविकतालाई हृदयङ्गम गरी आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि सबै अस्पतालका १० प्रतिशत शय्या विपन्न वर्गका लागि निःशुल्क गरिरहेको र सङ्घीय सरकार मातहतका तीन हजार ५० हजार जनरल शय्या निःशुल्क गरेको जानकारी दिए ।

चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर भए पनि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गर्न सरकार लागिपरेको जानकारी मन्त्री बस्नेतले दिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया