प्रथम विद्यालयस्तरीय विश्वदर्शन योग प्रतियोगिता सम्पन्न « Khabarhub

प्रथम विद्यालयस्तरीय विश्वदर्शन योग प्रतियोगिता सम्पन्न


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वदर्शन अभियान नेपालद्वारा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा राजधानीको विभिन्न १३ स्कुलका १५० भन्दा बढी विद्यार्थीहरू सहभागिता रहेको थियो ।

चाँगुनारायण–४, भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगितामा करिब ८ हजार विद्यार्थीबाट छनोटमा परेका १५० भन्दा बढी विद्यार्थीबीचलाई कक्षा समूह अनुसार विभिन्न ग्रुपमा विभाजन गरी विभिन्न योगासन गराई प्रतिस्पर्धा गरिएको थियो ।

आगामी दिनहरूमा योग र पूर्वीय दर्शनलाई शिक्षासँग जोड्दै हाम्रा भावी पुस्तालाई विद्यालय स्तरबाट हाम्रो दर्शन, सभ्यता, संस्कार तथा सन्तुलित भोगबारे ज्ञान प्रदान गर्ने उद्देश्यले सन्तुलित भोग नै योगको पूर्वाधार हो भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

नेपालमै पहिलो पटक विद्यालय स्तरमा यो योग प्रतियोगिता सञ्चालन गरेका छौ, आगामी दिनहरूमा अझै बढी भन्दा बढी विद्यालयका विद्यार्थीहरूलाई सहभागिता गराई योग प्रतियोगितालाई निरन्तरता दिइने र विद्यालय स्तरबाटै योगलाई अनिवार्य सिकाइको विषय गराउन सके अझ राम्रो हुने संस्थाका सदस्य विनोद ढकालले जानकारी दिए ।

उक्त प्रतियोगितामा कक्षा ४ सम्मका छात्राहरूको समूहबाट हाइली क्रियटीभ स्कुलकी निख्क्षिका पौडेल प्रथम, छात्र समूहबाट श्रीयन्त्र स्कुलका रजत मगर प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने कक्षा ५ र ६ का छात्रा समूहबाट अर्किड स्कुलकी प्रेमिका राई प्रथम, छात्र समूहबाट गोठाटार स्कुलका समीप राईले प्रथम भएका थिए ।

यसैगरी कक्षा ७ र ८ का छात्रा समूहबाट हाइली क्रियटीभ स्कुलकी जस्मीन कार्की प्रथम छात्रतर्फ अर्किड स्कुलका शिशिर जिरेलले प्रथम स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विजयी सहभागीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथ नगद पुरस्कार र सान्त्वनालाई ट्रफी प्रदान गरिएको थियो।

योग प्रतियोगितामा राजधानीका अर्किड स्कुल, अक्षरा स्कुल, अक्षरिका स्कुल, हाइली क्रियटीभ स्कुल, गोठाटार स्कुल, विद्या आर्जन स्कुल, प्रारम्भ एकेडेमी, किड्स लिबर्टी स्कुल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कुल, द भेलोसिटी स्कुल, गोकर्णेश्वर नगरपालिका जोरपाटी नयाँबस्तीका टाइम लाइन स्कुल र विपुल शिक्षा निकेतन लगायतका १३ स्कुलका विद्यार्थीहरूको सहभागितामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताका प्रमुख अतिथि कागेश्वरीमनोहरा नगरपालिका, काठमाडौंका प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीहरूलाई योग शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले गरिएको कार्यक्रमको प्रशंसा गर्दै आयोजक संस्था र विद्यालयहरूलाई धन्यवाद ज्ञापन गरे । निर्णायकको भूमिका त्रिभुवन विश्वविद्यालय योग विभागका अध्यापकद्वय डा.टी.पी. धमला कृष्णशरण (नाथ योगमा नेपालका पहिलो विद्यावारिधि) र डा.आनन्द गैर्हेले कुशलपूर्वक निर्वाह गरे ।

विश्वदर्शन अभियान नेपाल यौगिक तथा आध्यात्मिक संस्था हो जसले विगत १ दशक देखी निरन्तर योग, आध्यत्म तथा पूर्वीय दर्शन सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : २१ बजे

एसिसी प्रिमियर कपः साउदीले दियाे नेपाललाई फिल्डिङको निम्तो

काठमाडौँ – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा