वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु « Khabarhub

वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रमल्लाह – इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा जनाइए अनुसार नुर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट चोटपटक लागेर मृत्यु भएको छ ।

स्थानीय प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दश घण्टा लामो सैन्य अभियान शुरु गरेको थियो। सो अभियानमा प्यालेस्टिनी लडाकुहरू बीच झडप भएको थियो । यसै बीच इजरायली गाडीहरूलाई लक्षित गर्दै घरेलु बम विस्फोट गराइएको छ ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै तुल्कारम नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य कारबाहीका क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाको आक्रमणबाट वेस्ट बैंकमा कम्तिमा २९६ प्यालेस्टिनी मारिएका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : ०४ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,