वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु « Khabarhub

वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रमल्लाह – इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा जनाइए अनुसार नुर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट चोटपटक लागेर मृत्यु भएको छ ।

स्थानीय प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दश घण्टा लामो सैन्य अभियान शुरु गरेको थियो। सो अभियानमा प्यालेस्टिनी लडाकुहरू बीच झडप भएको थियो । यसै बीच इजरायली गाडीहरूलाई लक्षित गर्दै घरेलु बम विस्फोट गराइएको छ ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै तुल्कारम नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य कारबाहीका क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाको आक्रमणबाट वेस्ट बैंकमा कम्तिमा २९६ प्यालेस्टिनी मारिएका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : ०४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि