डा. सन्दुक रुइतलाई इसा अवार्ड प्रदान गरिने  « Khabarhub

डा. सन्दुक रुइतलाई इसा अवार्ड प्रदान गरिने 



दोहा – डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रधान गरिने भएको छ। इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीले यस अवार्डको पाँचौं संस्करणको विजेता घोषणा गर्न इसा कल्चरल सेन्टरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो।

इसा अवार्ड सेर्विस टु ह्युम्यानिटी २०२१ -२०२२ बाट नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ तथा मानवसेवाकर्मी डा. रुइत सम्मानित हुनेछन्। बहराइनका राजाका विशेष प्रतिनिधि तथा इशा अवार्ड बोर्डका अध्यक्ष हिज हाइनेस शेख मोहम्मद विन मुवारक अल खालिफाले मनामास्थित ईशा सांस्कृतिक केन्द्रमा आयोजित सार्वजनिक घोषणा समारोहमा ईशाअवार्डको पाँचौं संस्करणको लागि डा. रुइत विजयी भएको घोषणा गरेका थिए।

इशा अवार्ड सचिवालयले अवार्डका लागि प्राप्त मनोनयनहरुमध्येबाट छनोट चरणका विभिन्न प्रक्रिया र मूल्याङ्कनबाट विजयी छनोट गरेको हो। मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई नवीन प्रविधि विकास, गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउन उनले पुर्‍याएको विशिष्ट योगदानको निम्ति योग्य ठहरिएका हुन्।

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन्। इसा अवार्ड फर सर्भिस टु ह्युम्यानिटीका महासचिव अली अब्दुल्लाह खलिफाका अनुसार विश्वभरका १४५ जना उम्मेदवारहरूले पाँचौं सत्र २०२१-२०२२ मा अवार्डका लागि आवेदन दिएका थिए।

अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : ४५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका