खानीखोलाद्वारा स्थानीय भाषा ऐन-२०७९ पारित  « Khabarhub

खानीखोलाद्वारा स्थानीय भाषा ऐन-२०७९ पारित 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन-२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न संघीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ ।

गाउँपालिकाका शिक्षा शाखाप्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन-२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय ऐन-२०७९ पारित गरेको छ । यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन पारित गरेको थियो । स्थानीय भाषाको संरक्षण एवं प्रवर्द्धनका लागि ती ऐन गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । 

संविधानमा उल्लिखित भएको मौलिक हकअनुसार गाउँ सभामार्फत ऐन पारित गरी, मातृभाषाको प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष थिङले बताए। सो गाउँपालिकामा तामाङ र मगर समुदायको बाक्लो बस्ती रहेका छन् । थिङका अनुसार यस गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाइ नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिससमेत गरिएको छ ।

उनले ऐनअनुसार स्थानीय विद्यालयका लागि स्थानीय भाषामा पाठ्यक्रम तयार गरिने बताउँदै गाउँपालिकाले स्थानीय विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी तामाङ मातृभाषा पठनपाठन गर्न चालू आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गरेको जानकारी दिए ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : १६ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु