नारायणी नदीमा ‘क्रुजसिप’ मा सरर | Khabarhub Khabarhub

नारायणी नदीमा ‘क्रुजसिप’ मा सरर


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो। यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमितरूपमा सञ्चालन गरिँदै आएको बताए। दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ। दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उनले जानकारी दिए।

काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उनको भनाइ छ। उनले भने, “सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ।” स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उनी बताउँछन्। क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ।

केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनले बताए। क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो। एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उनले जानकारी दिए। यसका लागि रु सात सयको टिकट काट्ने गरिएको छ। यसमा एक कप कफी दिइँदै आएको छ।

यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उनले बताए। ब्रेकफास्ट क्रुजिङका लागि रु एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु दुई हजार, डिनर क्रुजिङका लागि रु दुई हजार पाँच सय शुल्क तोकिएको छ । केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ। यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उनको भनाइ छ।

क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन रहेको छ। तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ।

कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु १५ करोडभन्दा बढी खर्च भएको छ। क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ। क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु १० लाख बराबरको बीमा गरिएको छ। क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने उनले जानकारी दिए।

नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ। यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ। पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उनले बताए। नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन्। यसको चालक दलमा १५ जना रहने छन्।

क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एक दिनको बसाइ लम्ब्याउन र मनोरञ्जन दिन क्रुज उपयोगी हुनसक्ने व्यवसायीको भनाइ छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ३३ बजे

सहकारी पीडितको गुनासो : सबै लुटियो, उपचार गर्न पनि पाएनौँ (तस्बिरहरू)

काठमाडौं– सहकारी संस्थाले बचत हिनामिना गरेर पीडित भएकाहरूले बुधबार काठमाडौंमा

पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा

काठमाडौं– निर्वाचन आयोगले पुथा उत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध

फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य

काठमाडौं– फर्मासिस्ट र फार्मेसी सहायकलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन

नेपाल आइपुगे भारतीय सेना प्रमुख द्विवेदी (तस्बिरहरू)

काठमाडौं- भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् ।

४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं– चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२