नगरपालिकाद्वारा नदीजन्य पदार्थको अवैध भण्डारण जफत « Khabarhub

नगरपालिकाद्वारा नदीजन्य पदार्थको अवैध भण्डारण जफत


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ संकलन सुरु गरेको छ । नगरपालिकाले आजसम्म तीन सय ट्रिपर नदीजन्य पदार्थ संकलन गरेको हो । नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नं ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ । 

दैनिक रुपमा ट्रिपर र जेसिबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो । उनका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ संकलन थालिएको हो ।

 उनले भने ‘नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौँ ।’ अझै दुई सय ट्रिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ । सबै सामग्री संकलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ । त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उनले बताए । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ३८ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु