नगरपालिकाद्वारा नदीजन्य पदार्थको अवैध भण्डारण जफत « Khabarhub

नगरपालिकाद्वारा नदीजन्य पदार्थको अवैध भण्डारण जफत


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ संकलन सुरु गरेको छ । नगरपालिकाले आजसम्म तीन सय ट्रिपर नदीजन्य पदार्थ संकलन गरेको हो । नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नं ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ । 

दैनिक रुपमा ट्रिपर र जेसिबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो । उनका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ संकलन थालिएको हो ।

 उनले भने ‘नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौँ ।’ अझै दुई सय ट्रिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ । सबै सामग्री संकलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ । त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उनले बताए । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ३८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को