कञ्चनपुरमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ | Khabarhub Khabarhub

कञ्चनपुरमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेदकोट- ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए । 

‘पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ’, उनले भने, ‘ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।’ उनका अनुसार दैनिक चार÷पाँच पटक पूर्व-पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

‘ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा पनि बढोत्तरी भएको छ’, उनले भने, ‘मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ ।’ ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताए। 

‘नम्बर प्लेटमा राख्ने गरिएको झन्डाले नम्बर सानो देखिने भयो, टाढाबाट पनि स्पष्ट देखिएन’, उनले भने, ‘त्यसैले झन्डा हटाएर प्लेटमा नम्बर मात्रै लेख्न लगाउने गरेका छौँ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार सडक दुर्घटना बढ्दो क्रममा छ । पछिल्लो दुई वर्षमा कञ्चनपुरमा एक सय ९० सवारी दुर्घटनाका घटना भएका छन् । त्यसमा ६८ जनाले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०७७-७८ मा ९३ र आव २०७८-७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९-८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७-७८ मा ३५ र २०७८-७९ मा ३३ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : १९ बजे

रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो

त्रिवेणी– रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१/८२ मा १० हजार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

सिरियाका सशस्त्र बेदुइनहरू एक हप्ता लामो लडाइँपछि ड्रुज बहुल सहरबाट फिर्ता

दमास्कस- सिरियाका सशस्त्र बेदुइन समुदायले आइतबार अमेरिकी मध्यस्थतामा भएको युद्धविराम

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

चितवन– नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाद्वारा चार हजार बढीको निःशुल्क उपचार

सिमकोट– यहाँ रहेको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा