मधेस प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ « Khabarhub

मधेस प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस भवनमा आज उनीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराए ।

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो । मण्डल र इशर मंगलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।

मण्डललाई सत्ता गठबन्धन दल नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्रको समर्थन थियो । यसैगरी जनमत पार्टीका उम्मेदवार इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सदस्यले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : ३६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग