वडास्तरीय योजनाको सम्झौता माघ मसान्तसम्म | Khabarhub Khabarhub

वडास्तरीय योजनाको सम्झौता माघ मसान्तसम्म


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाहरूको म्याद थप गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले माघ मसान्तसम्म योजनाहरूको म्याद थप गर्ने निर्णय गरेको हो । 

यसअघि असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७९-८० को स्वीकृत नीति, कार्यक्रम तथा बजेट पुस १५ गतेभित्र सम्झौता गरिसक्ने निर्णय गरेको थियो । चाडपर्वका कारण तोकिएको समयसीमाभित्र सम्झौता हुन नसकेपछि माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरिएको नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

त्यस्तै बैठकले साना र पुराना सडकहरूको यथास्थितिको अवस्थामा नै योजनाहरू कार्यान्वयन गर्नेसमेत निर्णय गरेको छ । बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले तोकेको सडक मापदण्डभन्दा साना र पुराना सडकहरूमा मापदण्डका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको र मापदण्डबमोजिम सडक विस्तार गर्दा स्थानीयको घरजग्गा नै बाँकी नरहने अवस्था देखिएपछि हाललाई ती योजनाहरू यथास्थितिमै कार्यान्वयन गर्ने निर्णय भएको अधिकृत कोइरालाको भनाई छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : ५४ बजे

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको