प्राविधिक समस्या समाधान भएपछि राहदानी लिनेको संख्यामा वृद्धि  « Khabarhub

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिनेको संख्यामा वृद्धि 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । 

राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भीड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताए । उनले भने, “विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।” 

सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन-चारवटा अनौपचारिक कार्ययोजना बनाएको जनाएको छ । कुन कार्ययोजना लागू गर्ने र कसरी गर्ने भन्ने छलफलमा विभाग रहेको बताइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी वितरण गरे विभागमा अहिलेजस्तो भीड नहुने निर्देशक सापकोटाको भनाइ छ । 

टोकन प्रणाली लागू गर्ने तयारी पनि गरिएको र कामको अवधि बढाएर बिहानदेखि राहदानी वितरण थाल्ने विकल्पबारे पनि विभागले योजना बनाइरहेको जनाइएको छ । सेवाग्राहीको भीडका कारण कर्मचारीलाई पनि सेवा प्रवाहमा समस्या हुँदै आएको बताइएको छ । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : २९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान