प्राविधिक समस्या समाधान भएपछि राहदानी लिनेको संख्यामा वृद्धि  « Khabarhub

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिनेको संख्यामा वृद्धि 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । 

राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भीड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताए । उनले भने, “विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ, सेवाग्राहीको पनि भीड बढेको छ, बीचमा केही दिन बिदा परेकाले पनि अहिले सेवाग्राहीको भीड बढेको हो ।” 

सरकारले अत्यावश्यक सेवामा भीड कम गर्ने निर्णयपछि विभागले तीन-चारवटा अनौपचारिक कार्ययोजना बनाएको जनाएको छ । कुन कार्ययोजना लागू गर्ने र कसरी गर्ने भन्ने छलफलमा विभाग रहेको बताइएको छ । देशभरका जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी वितरण गरे विभागमा अहिलेजस्तो भीड नहुने निर्देशक सापकोटाको भनाइ छ । 

टोकन प्रणाली लागू गर्ने तयारी पनि गरिएको र कामको अवधि बढाएर बिहानदेखि राहदानी वितरण थाल्ने विकल्पबारे पनि विभागले योजना बनाइरहेको जनाइएको छ । सेवाग्राहीको भीडका कारण कर्मचारीलाई पनि सेवा प्रवाहमा समस्या हुँदै आएको बताइएको छ । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : २९ बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको