छिट्टै मन्त्रीहरूको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की « Khabarhub

छिट्टै मन्त्रीहरूको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्की


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गौरादह– प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन हुने बताएका छन्। उनले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे । 

झापाको गौरादहमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले सत्तासाझेदार दलहरूसँगको परामर्शमा कार्यविभाजन गरिने बताए । उनले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए ।  मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताए । 

उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताए । मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : २८ बजे

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक