मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत मत प्राप्त « Khabarhub

मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत मत प्राप्त


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत पाऊँ भनी सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरे । 

मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन् । मधेस प्रदेशसभामा नेकपा(माओवादी केन्द्र) का दुई प्रदेशसभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सदस्य रहेका छन् । 

पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारण अर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गरे । 

 एक सय सात सदस्यीय मधेस प्रदेशसभामा नेकपा (एमाले) २४, नेपाली कांग्रेस २२, जसपा १६, जनमत पार्टी १३, माओवादी केन्द्र नौ, लोकतान्त्रिक समाजवादी पार्टी सात, नेकपा (एकीकृत समाजवादी) सात, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (एक-एक) र चार जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : ०७ बजे

किसानलाई धानको मूल्य पाउन समस्या

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

सप्तरी – मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न

धनुषा – विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ सम्पन्न

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी – पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल