मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने « Khabarhub

मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । 

मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ ।

टेलिकमले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको सङ्ख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावले असजिलोपन व्यहोर्नुपर्‍यो, यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी छ ।’ सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने टेलिकमको प्रतिबद्धता छ ।

साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहकमा अनुरोधसमेत गरेको छ । 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : ५१ बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको