उम्मेदवारी दर्तापछि सभामुखका दुवै उम्मेदवारको यस्तो प्रतिक्रिया « Khabarhub

उम्मेदवारी दर्तापछि सभामुखका दुवै उम्मेदवारको यस्तो प्रतिक्रिया


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको सभामुख पदका लागि मुलुकका प्रमुख दुई दलबाट एक-एक जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर घिमिरेले दिउँसो १ बजे तथा न्यौपानेले अपराह्न करिब ४ बजे उम्मेदवारी दिएका थिए । सभामुखको निर्वाचन भोलि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । 

मनोनयन दर्तापछि सञ्चारकर्मीको जिज्ञासामा सभामुखका उम्मेदवार घिमिरेले आफू निर्वाचित भएको खण्डमा विगतको शिक्षा र राजनीतिक दलसँगको परामर्श एवं सहमतिका आधारमा संसद्का बैठक तथा अरु प्रक्रियालाई व्यवस्थित गर्ने बताए ।

उनले भने, ‘म त्यो जिम्मेवारीमा पुग्ने निश्चत नै छ, विगतबाट शिक्षा लिँदै आरोप, प्रत्यारोप, पूर्वाग्रहबाट टाढा रही यथार्थ ढङ्गले ठिक बाटोबाट सदनलाई अघि लग्ने विचार छ, सभामुखले खेल्ने भूमिकामा कुनै कमी हुन नदिई काम गर्नेछु ।’

अर्का उम्मेदवार न्यौपानेले प्रतिनिधिसभाका सदस्यको मतले आफू निर्वाचित हुन्छु भन्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए। उनले भने, ‘सभामुखमा निर्वाचित भइसकेपछि सबैको सभामुख हुने भएकाले सभा सञ्चालन गर्दा तटस्थ रही संसद् र सांसदप्रति न्याय गरी सकेसम्म राम्रो ढङ्गले सदन चलाउँछु भन्ने प्रण गर्छु ।’ 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : ०८ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक