एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले उचाल्यो « Khabarhub

एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले उचाल्यो


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ ।

एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहित उपाधि हात पारेको हो ।

खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्रदान गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट बलरको उपाधि हात पारे । उपत्यकाका विभिन्न क्लबका आठ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्चरूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक प्रमुख एवं १९ वर्षीय क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए ।

कोरोना महामारीपछि उपत्यकामा यस्ता प्रकारको खेल आयोजना हुन छाडेपछि खेल प्रेमीमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो ।

केही महिनाअघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्ट्सले नयाँ युवालाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठकुरीले बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : २१ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका