झलनाथ खनालको संयोजकत्वमा नेकपा एसद्वारा वैचारिक नीति निर्माण समिति गठन « Khabarhub

झलनाथ खनालको संयोजकत्वमा नेकपा एसद्वारा वैचारिक नीति निर्माण समिति गठन


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ ।

यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् ।

यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाँक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन् । समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई पार्टीको केन्द्रीय बैठकले पारित गरी कार्यान्वयन गर्नेछ ।

पार्टीको दस्तावेज मस्यौदा समितिले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा पार्टी जनसङ्गठनका अध्यक्ष र महासचिवहरू, विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिव, विभिन्न फाँटका इञ्चार्जको संयुक्त छलफलबाट नेता खनालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

अध्यक्ष खनालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन आफ्नो पार्टीले प्रष्ट वैचारिक नीति अवलम्बन गर्ने बताउँदै तत्काल नेकपा एमालेसँग एकता असम्भव रहेको बताए । पाँच जना सदस्यबाट निर्माण भएको कम्युनिष्ट पार्टी लामो मेहनत र सङ्घर्षले अहिले यहाँसम्म आइपुगेको बताउँदै उनले भने, “विद्रोहको औचित्य पुष्टि नभइकन उनीहरूसँग अहिले एकताको मोर्चा बनाउने अवस्था छैन ।”

पूर्वप्रधानमन्त्री खानलले चुनावमा प्रत्यक्षतर्फ चौथो भएको पार्टी केही प्राविधिक कारणले राष्ट्रिय मान्यता पाउन नसकेको भए पनि कार्यकर्ता आत्तिनुपर्ने तथा निराश हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ०५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर