जनक शिक्षा सामग्रीमाथि भ्रष्टाचारको आरोप « Khabarhub

जनक शिक्षा सामग्रीमाथि भ्रष्टाचारको आरोप


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमाथि भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले आज पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने गरेको आरोप लगाएका छन् । उनीहरूले कागज बोकेको १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको समेत बताएका छन् ।

गत पुस २७ गते करिब एक लाख ५३ हजार केजी कागज बोकेको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ । अधिवक्ता यज्ञमणि न्यौपानेले घटना भएको भोलिपल्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएको बताए ।

उजुरी दिएको आठ दिन बितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । पत्रकार कुश्लव केसीले जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागे पनि यसमा लाखौँ बालबालिकाको भविष्य जोडिएकाले आफूहरूले उक्त विषय सार्वजनिक गर्न बाध्य भएको जिकीर गरे ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ०८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर