रामेछापमा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु « Khabarhub

रामेछापमा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि रामेछापको मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गरेका थिए । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ ।

रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेल रामेछापले २५–०५,२५–१३ को सोझो सेटमा जित्यो । त्यसपछि सिन्धुली र नुवाकोटबीच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२,२५–१७ को सोझो सेटले पराजित गर्यो । त्यसैगरी सिन्धुपाल्चोक र रसुवाबीच भएको खेलमा सिन्धुपाल्चोकले रसुवालाई २५–१२,२५–१५ को सोझो सेटले पराजित गर्यो ।

प्रतियोगिताको विजेता टोलीमध्ये प्रथम हुनेले पुरस्कारस्वरुप रु दुई लाख, द्वितीय हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी रु ३० हजार शिल्ड मेडल र प्रमाणपत्रसहित सान्त्वना पुरस्कार दिइनेछ ।

प्रत्येक सहभागी समूहलाई सहभागी भएबापत प्रतिसमूह २५ हजार र सेमी फाइनलमा पुगेका समूलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताए । उनका अनुसार कूल रु ३६ लाख ४१ हजार लागत लाग्ने अनुमान गरिएको उक्त प्रतियोगिता ३० हजार मानिसले अवलोकन गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : १९ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि