रामेछापमा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु « Khabarhub

रामेछापमा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि रामेछापको मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गरेका थिए । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ ।

रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेल रामेछापले २५–०५,२५–१३ को सोझो सेटमा जित्यो । त्यसपछि सिन्धुली र नुवाकोटबीच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२,२५–१७ को सोझो सेटले पराजित गर्यो । त्यसैगरी सिन्धुपाल्चोक र रसुवाबीच भएको खेलमा सिन्धुपाल्चोकले रसुवालाई २५–१२,२५–१५ को सोझो सेटले पराजित गर्यो ।

प्रतियोगिताको विजेता टोलीमध्ये प्रथम हुनेले पुरस्कारस्वरुप रु दुई लाख, द्वितीय हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी रु ३० हजार शिल्ड मेडल र प्रमाणपत्रसहित सान्त्वना पुरस्कार दिइनेछ ।

प्रत्येक सहभागी समूहलाई सहभागी भएबापत प्रतिसमूह २५ हजार र सेमी फाइनलमा पुगेका समूलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताए । उनका अनुसार कूल रु ३६ लाख ४१ हजार लागत लाग्ने अनुमान गरिएको उक्त प्रतियोगिता ३० हजार मानिसले अवलोकन गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : १९ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,