पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा दीप प्रज्ज्वलन « Khabarhub

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा दीप प्रज्ज्वलन

नेपाली आकाश असुरक्षित हुँदा पर्यटन आवागमनमा धक्का : सीइओ रेग्मी


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालका पर्यटन व्यवसायीहरुले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरेका छन् । नाट्टाको पहल तथा आयोजनामा ठमेलको नर्सिङ चोकमा बुधबार बेलूकी दीप प्रज्ज्वलन गरिएको हो । पोखरामा केही दिनअघि भएको विमान दुर्घटनामा चालकदलसहित ७२ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा १५ विदेशी पर्यटकसहित डाक्टर, पत्रकार लगायत पनि थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी, नाट्टाका महासचिव कुमार थपलिया र पदाधिकारी, टानका अध्यक्ष तथा पदाधिकारी, नाराका उपाध्यक्ष शिशिर खनाल लगायत दुई दर्जन बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा दीप प्रज्ज्वलन गर्दै बोर्डका सीइओ डा.धनन्जय रेग्मीले पोखरामा भएको विमान दुर्घटनाले नेपालको आकाश असुरक्षित हुँदै पर्यटक आवागमनमा ठूलो धक्का पुगेको बताए । वर्षौदेखि नेपाल इयूको कालोसूचिमा रहेको भन्दै त्यो हटाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।

त्यसका लागि इयूको मागअनुसार नेपाल नागरिक उड्यन प्राधिकरणलाई विभाजन गरेर अगाडि बढ्नुपर्नेमा पनि सीइओ डा.रेग्मीको जोड थियो । यस्तै उनले नेपालको हवाई दुर्घटनाको संख्या र झण्डै एक हजार जनाको मृत्यु हुनु धेरै ठूलो क्षति भएको पनि बताए ।

भारत र नेपालको हवाई दुर्घटनाको इतिहासमा नेपालमा झन् धेरै हुनुले अनेकौ प्रश्न जन्माएको र नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो धक्का पुगेकाले सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

यस्तै कार्यक्रममा नाट्टाका महासचिव कुमार थपलियाले विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आगामी दिनमा हवाई उडान र सुरक्षातर्फ राज्यले विशेष काम गर्नुपर्ने बताए । यस्तै उनले अब पर्यटन क्षेत्रमा हवाई सुरक्षाका विषयमा एकजुट भएर सरकारलाई थप कदम चाल्न दबाब दिनुपर्ने पनि बताए ।

नाट्टाले बुधबार बेलूकी काठमाडौँ बाहिरका प्रदेश समिति र जिल्ला च्याप्टरमार्फत पनि पोखराको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति दीप प्रज्ज्वलन गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ३८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु