पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा दीप प्रज्ज्वलन « Khabarhub

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा दीप प्रज्ज्वलन

नेपाली आकाश असुरक्षित हुँदा पर्यटन आवागमनमा धक्का : सीइओ रेग्मी


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालका पर्यटन व्यवसायीहरुले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरेका छन् । नाट्टाको पहल तथा आयोजनामा ठमेलको नर्सिङ चोकमा बुधबार बेलूकी दीप प्रज्ज्वलन गरिएको हो । पोखरामा केही दिनअघि भएको विमान दुर्घटनामा चालकदलसहित ७२ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा १५ विदेशी पर्यटकसहित डाक्टर, पत्रकार लगायत पनि थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी, नाट्टाका महासचिव कुमार थपलिया र पदाधिकारी, टानका अध्यक्ष तथा पदाधिकारी, नाराका उपाध्यक्ष शिशिर खनाल लगायत दुई दर्जन बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा दीप प्रज्ज्वलन गर्दै बोर्डका सीइओ डा.धनन्जय रेग्मीले पोखरामा भएको विमान दुर्घटनाले नेपालको आकाश असुरक्षित हुँदै पर्यटक आवागमनमा ठूलो धक्का पुगेको बताए । वर्षौदेखि नेपाल इयूको कालोसूचिमा रहेको भन्दै त्यो हटाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।

त्यसका लागि इयूको मागअनुसार नेपाल नागरिक उड्यन प्राधिकरणलाई विभाजन गरेर अगाडि बढ्नुपर्नेमा पनि सीइओ डा.रेग्मीको जोड थियो । यस्तै उनले नेपालको हवाई दुर्घटनाको संख्या र झण्डै एक हजार जनाको मृत्यु हुनु धेरै ठूलो क्षति भएको पनि बताए ।

भारत र नेपालको हवाई दुर्घटनाको इतिहासमा नेपालमा झन् धेरै हुनुले अनेकौ प्रश्न जन्माएको र नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो धक्का पुगेकाले सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

यस्तै कार्यक्रममा नाट्टाका महासचिव कुमार थपलियाले विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आगामी दिनमा हवाई उडान र सुरक्षातर्फ राज्यले विशेष काम गर्नुपर्ने बताए । यस्तै उनले अब पर्यटन क्षेत्रमा हवाई सुरक्षाका विषयमा एकजुट भएर सरकारलाई थप कदम चाल्न दबाब दिनुपर्ने पनि बताए ।

नाट्टाले बुधबार बेलूकी काठमाडौँ बाहिरका प्रदेश समिति र जिल्ला च्याप्टरमार्फत पनि पोखराको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति दीप प्रज्ज्वलन गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ३८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा