आज शिवरात्रि : भोलेनाथलाई खुसी बनाउने खास दिन | Khabarhub Khabarhub

आज शिवरात्रि : भोलेनाथलाई खुसी बनाउने खास दिन

शिवरात्रिमा व्रत बस्ने तरिका


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजा आरधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिवमन्दिर र शिवालयहरुमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरु दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।

धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ ।

विष्णु पुरानमा उल्लेख भए अनुसार भगवान शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गर्दछन् । महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशानसंहिताको एक ठाउँमा फाल्गुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत भएको उल्लेख छ ।

शिवरात्रिको व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ । यसप्रकार शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा ग्रहण गरेको पाइन्छ ।

यो दिन भगवान् शिवको पुजा आरधना गरे मात्र पनि जीवनमा सधै सुख प्राप्ती हुन्छ भन्ने मान्यता रहेको छ । यस दिनलाई भगवान भोलेनाथलाई खुसी बनाउने खास दिनका रुपमा पनि लिने गरीन्छ । भगवान भोलेनाथ केबल एक लोटा शुद्ध जल र बेल पत्रले मात्र प्रशन्न हुने गर्दछन् ।

महाशिवरात्रिको दिन पशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ । साथै रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ ।

यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरै देखि भीड लाग्दछ । वैरागी, उदासी, सन्न्यासी, नागाबाबा आदि विभिन्न सम्प्रदायका साधु–सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढाटाढाबाट आइपुग्छन् ।

शिवरात्रिको दिन साँझपख शिवधुनी भनी दोबाटो–चौबाटोमा दाउरा बाल्ने चलन छ । भगवान शिव धुनीप्रिय रहेको पौराणिक मान्यताको कारण तथा शिशिर ऋतुको ठण्डी अझै नगइसकेको हुनाले गर्मी ठाउँबाट आउने विदेशी यात्रुहरूलाई जाडो नहोस् भनेर पनि धुनी जगाउने गरिएको मान्यता छ ।

शिवरात्रिमा व्रत बस्ने तरिका

– शिवरात्रिका दिन सबैरै उठेर पवित्र गंगाजलले स्नान गर्दा अत्याधिक लाभ मिल्ने धार्मिक विश्वास छ

– पञ्चामृतले शिवलाई, शिवलिंगलाई स्नान गराउने

– तामाको लोटाले ८ पटक जल चढाउने

– शिवरात्रिका दिन र रातमा दीपक जलाउने

– चन्दनको चिलक लगाउने

– भाग, धतुरो, बेलपत्र, तुलसी, जाइफल आदी चढाउने

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : २४ बजे

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा