आज शिवरात्रि : भोलेनाथलाई खुसी बनाउने खास दिन « Khabarhub

आज शिवरात्रि : भोलेनाथलाई खुसी बनाउने खास दिन

शिवरात्रिमा व्रत बस्ने तरिका


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजा आरधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिवमन्दिर र शिवालयहरुमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरु दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।

धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ ।

विष्णु पुरानमा उल्लेख भए अनुसार भगवान शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गर्दछन् । महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशानसंहिताको एक ठाउँमा फाल्गुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत भएको उल्लेख छ ।

शिवरात्रिको व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ । यसप्रकार शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा ग्रहण गरेको पाइन्छ ।

यो दिन भगवान् शिवको पुजा आरधना गरे मात्र पनि जीवनमा सधै सुख प्राप्ती हुन्छ भन्ने मान्यता रहेको छ । यस दिनलाई भगवान भोलेनाथलाई खुसी बनाउने खास दिनका रुपमा पनि लिने गरीन्छ । भगवान भोलेनाथ केबल एक लोटा शुद्ध जल र बेल पत्रले मात्र प्रशन्न हुने गर्दछन् ।

महाशिवरात्रिको दिन पशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ । साथै रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ ।

यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरै देखि भीड लाग्दछ । वैरागी, उदासी, सन्न्यासी, नागाबाबा आदि विभिन्न सम्प्रदायका साधु–सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढाटाढाबाट आइपुग्छन् ।

शिवरात्रिको दिन साँझपख शिवधुनी भनी दोबाटो–चौबाटोमा दाउरा बाल्ने चलन छ । भगवान शिव धुनीप्रिय रहेको पौराणिक मान्यताको कारण तथा शिशिर ऋतुको ठण्डी अझै नगइसकेको हुनाले गर्मी ठाउँबाट आउने विदेशी यात्रुहरूलाई जाडो नहोस् भनेर पनि धुनी जगाउने गरिएको मान्यता छ ।

शिवरात्रिमा व्रत बस्ने तरिका

– शिवरात्रिका दिन सबैरै उठेर पवित्र गंगाजलले स्नान गर्दा अत्याधिक लाभ मिल्ने धार्मिक विश्वास छ

– पञ्चामृतले शिवलाई, शिवलिंगलाई स्नान गराउने

– तामाको लोटाले ८ पटक जल चढाउने

– शिवरात्रिका दिन र रातमा दीपक जलाउने

– चन्दनको चिलक लगाउने

– भाग, धतुरो, बेलपत्र, तुलसी, जाइफल आदी चढाउने

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : २४ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला