महाशिवरात्रीमा यस्तो छ ट्राफिक व्यवस्थापन « Khabarhub

महाशिवरात्रीमा यस्तो छ ट्राफिक व्यवस्थापन


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रीमा २० लाख भन्दा बढीले दर्शन गर्ने अनुमानका आधारमा पशुपतिक्षेत्र बिकास कोषले शनिबार हुने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै सर्बसाधरणका लागि नयाँ ट्राफिक ब्यवस्थापन गरेको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ।

नेपाल ट्राफिकका अनुसार मालबाहक सवारी साधनलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ। पशुपति विकास कोषको सहकार्यमा ट्राफिकले बनाएको नयाँ रुटहरु यस्ता छन्।

बस

रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने।

रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।

कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने।

माइक्रोबस तथा टेम्पो

सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।

जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने।

मालबाहक सवारी साधन

जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगंजतर्फ जाने मालबाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ चलाउने।

कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालबाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालबाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने।

कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नुपर्ने मालबाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने।

महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालबाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया