महोत्तरी, पर्सा र रौतहटमा तोकियो एमालेको अधिवेशन मिति « Khabarhub

महोत्तरी, पर्सा र रौतहटमा तोकियो एमालेको अधिवेशन मिति


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुर – नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ।

जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो। एमालेका अनुसार  विघटित  जिल्लाहरूको अधिवेशन तोकिएको छ।

साथै, सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

उनका अनुसार अधिवेशनको बेला विवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्य समिति विघटन गरिएको हो। जिल्ला अधिवेशन पछि नयाँ नेतृत्व आउनेछ।

सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, सह इन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरू सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेस प्रदेशमा कार्यरत शीर्ष नेतृत्वको उपस्थिति थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ०५ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति