नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुने | Khabarhub Khabarhub

नागरिक उन्मुक्तिका सांसद चौधरी रिहा हुने


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सम्पूर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन्।

आइतबार अर्थात् ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सुचीमा सांसद अरुण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाहा गरेको हो। सजाय मिनाहा भएसँगै उनी रिहा हुने भएका छन्।

राष्ट्रपति कार्यालयले शुक्रवार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा भएका हुन्।

नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी गत २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघि भएको ट्र्याक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सो मुद्दाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भए पछि पक्राउ गरी थुनिएको थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ३३ बजे

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र