शिवको पूजामा के-के चढाउन मिल्दैन ?  | Khabarhub Khabarhub

शिवको पूजामा के-के चढाउन मिल्दैन ? 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भगवान् शिवलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान् शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौँ।

महाशिवरात्रि  पूजा आज देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन्। शिवभक्तहरू महाशिवरात्रिको शिव मन्दिरहरूमा पुगिरहेका छन् । मान्यता अनुसार यस दिन भगवान् शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । भोलेनाथलाई प्रसन्न पार्नको लागि आजको दिन निकै शुभ मानिन्छ । भगवान् शंकरको आराधनामा केही विशेष नियमको ख्याल गर्नुपर्छ, अन्यथा भोलेनाथ क्रोधित हुन्छन् ।

शिव पूजामा के के कुरामा ध्यान दिनुपर्छ:

१) शिवलिंगमा जल चढाउँदा फलाम वा स्टिलका भाँडाहरू प्रयोग नगर्नुहोस्। यसको सट्टा, तपाईँले पीतल, चाँदी प्रयोग गर्नुपर्छ। भगवान् शिवको अभिषेकमा गल्तीले पनि भैंसीको दूध प्रयोग गर्नु हुँदैन ।

२) बेसारलाई सबै धार्मिक कार्यमा पनि अति पवित्र र महत्वपूर्ण मानिन्छ तर भगवान् शंकरको पूजामा बेसार चढाइँदैन । सौन्दर्य प्रसाधनमा बेसारको प्रयोग गरिन्छ । शास्त्रका अनुसार शिवलिंगलाई पुरुषत्वको प्रतीक मानिने भएकाले महादेवलाई बेसार चढाइँदैन ।

३) भोलेनाथलाई कनेर र कमल बाहेक अरु फुल मन पर्दैन । भगवान् शिवलाई रातो रंगको फूल, केतकी र केवडाको फूल चढाउनु हुँदैन। यसो गर्नाले पूजाको फल मिल्दैन।

४) शास्त्र अनुसार भगवान् शिवको पूजामा सिन्दूर र रोलीको प्रयोग हुँदैन । त्यसैले शिवलिंगमा रोली चढाउनु हुँदैन।

५) भगवान् विष्णुलाई शंख अति प्रिय छ तर भगवान् शिवको पूजामा शंखको प्रयोग हुँदैन । भगवान् शंकरले शंखचुर नामक राक्षसलाई मारेका हुनाले भगवान् शिवको पूजामा शंख निषिद्ध मानिन्छ ।

६) भगवान् शिवलाई तुलसीको पात चढाउनु पनि अशुभ मानिन्छ । यसका पछाडि एउटा किंवदन्ती पनि छ । भनिन्छ, असुरराज जालन्धरकी पत्नी वृन्दा तुलसीको बोट बनेकी थिइन्। भगवान् शिवले जलन्धरको वध गरेका थिए, त्यसैले वृन्दाले शिवको पूजामा तुलसीको पात प्रयोग नगर्न भनिन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १० : ४८ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का