बाँकेमा दुई ग्यास उद्योगका सिलिण्डर बिक्री गर्न रोक « Khabarhub

बाँकेमा दुई ग्यास उद्योगका सिलिण्डर बिक्री गर्न रोक


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खजुरा – बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ ।

पछिल्लो समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए। उनका अनुसार जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिङमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा दुई सय १० ग्यास सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।

यसैगरि भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय सिलिण्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ ।

उपभोक्ता हित संरक्षणमा सरोकारवाला सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले बता‍ए । उनले भने, “ज्यान जानेसम्मका दुर्घटना निम्त्याउने, स्वच्छ खाद्यान्न उपलब्धता र प्रयोगको सुनिश्चिततामा सरोकारवाला जिम्मेवार र उपभोक्ता आफै जागरुक हुनुपर्छ, सचेत भइएन भने जोखिमका घटना बढन सक्छन्।”

ग्यास सिलिण्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाइ गर्दै यसअघि नै सिलिण्डरको तौल, गुणस्तर जाँच गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको अधिवक्ता विश्वजित तिवारीले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ११ : ३२ बजे

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला