निजी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति « Khabarhub

निजी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शिक्षालाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने बताएका छन् । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र अध्ययन संकायद्वारा यहाँ आयोजित ‘नेपालमा दिगो विकासका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन पाठ्यक्रम परिवर्तन गर्ने जानकारी दिए। उनले विश्वविद्यालयमा प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घटिरहेकाले अब सैद्धान्तिक शिक्षाका साथै प्रयोगात्मक शिक्षा आवश्यक रहेको बताए।

‘पोखरा विश्वविद्यालयले दिँदै आएको छात्रवृत्तिमा सार्वजनिक विद्यालयका विद्यार्थीलाई ६० प्रतिशत र निजी विद्यालयकालाई ४० प्रतिशत दिने निर्णय गरेको छ । यसले विद्यार्थी सङ्ख्या बढाउनेमा ढुक्क छौँ’, अर्यालले भने । सार्वजनिक विद्यालयका विद्यार्थीलाई मात्र धेरै प्रतिशत छात्रवृत्ति दिँदा निजी विद्यालयका विद्यार्थी दश जोड दुई पास गरेपछि अध्ययननका लागि विदेश जाने क्रम बढेपछि निजी विद्यालयका विद्यार्थीलाई पनि छात्रवृत्ति बढाउन लागिएको उनको भनाइ थियो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा दीपकबहादुर भण्डारीले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्न सरकार र विश्वविद्यालयले अध्ययन गरी आवश्यक कार्यविधि ल्याउनुपर्ने बताए। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य विनायक भद्रले नेपालमा समृद्धि र उद्योगधन्दा राम्रोसँग चल्न नसक्दा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेश हानिने गरेको बताए। 

गैरसरकारी संस्था महासङ्घ कास्कीका कार्यवाहक अध्यक्ष पदम पहारीले हरेक क्षेत्रमा राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण नेपालमा शिक्षाको गुणस्तर खस्केको उल्लेख गर्दै समय समयमा हुने बन्द हडतालले समेत विद्यार्थीको मनोबल गिराउने काम गरेको बताए । 

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र अध्ययन संकायका डिन डा अजय थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्राध्यापक अर्जुनकुमार थापाले ‘नेपालमा दिगो विकासका सम्भावना र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ४ : १७ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल