महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने | Khabarhub Khabarhub

महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनःभरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट सुरु गरिसकेको छ । 

उक्त कार्यका लागि कामपाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। ‘सुरुआतमा कामपाको ३२ वटै वडामा कति ढुङ्गेधारा छन्, कतिमा पानी नियमित रुपमा आउँछ, कतिमा आउँदैन, पानी पुनःभरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ, यो अध्ययनको मुख्य उद्देश्य कामपाको सबै ढुढुङ्गेधारामा नियमित रुपमा पानी आउने बनाउनु हो’, प्रवक्ता मानन्धरले भने ।  

उनका अनुसार ढुङ्गेधारा प्रणालीसँग सहरी विकासको शृङ्खला जोडिएको छ । सहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।  

अध्ययनमा हिटी निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरूको सौन्दर्यको पक्ष समेटिनेछ । यस्तै प्राचीन प्रणालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिने कामपाले जनाएको छ ।  

स्मारक तथा अन्य क्षेत्रमा भएका ढुङ्गेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्बिर सङ्ग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिने छ । कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी संकलन तथा पुनभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिस पनि गर्नेछ ।

अध्ययन विशेषगरी कामपको भित्री वडा जहाँ ऐतिहासिक ढुङ्गेधाराको सङ्ख्या बढी रहेको स्थानसहित ३२ वटै वडामा रहेका ती सम्पदाको तथ्यांक र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो समय कामपाले पनि कामपा-१७, १८ र १९ का केही ढुङ्गेधाराको संरक्षणको काम भने गरिरहेको छ ।   

आगामी दुई वर्षसम्ममा उक्त ऐतिहासिक सम्पदाको अध्ययनको काम सक्ने गरी  कामपा र इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य अघि बढाएको हो । जहाँ विशेषत काठमाडौँका ढुङ्गेधारा र भूमिगत पानी पुनर्स्थापनाका लागि अध्ययन हुन्छ। विगतमा ढुङ्गेधाराकै पानीको भरमा काठमाडौँवासी बाँचेका भए पनि पछिल्लो समय मानिसको बाक्लो बस्ती र अन्य विभिन्न कारणले गर्दा यसको प्रयोग र महत्व भने घट्दै गएको छ । हाल कामपामा रहेको ढुङ्गेधारा  केहीमा मात्रै पानी आउँछन् भने धेरै ढुङ्गेधाराहरुमा संरक्षण र सरसफाइ बिना अलपत्र छन् ।  

काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको भए पनि यसको संरक्षणमा ध्यान नपुगेको कारण संरक्षण गर्न लागिएको कामपाको जानकारी दिएको छ ।  

पानीको अभाव झेलिएको अहिलेको अवस्थामा नगरवासीलाई विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुङ्गेधारा संरक्षणबाट हुन सक्ने कामपाको विश्वास  छ । ढुङ्गेधारा हिजोआज मात्रै विकास भएको इतिहास होइन यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको छ । लिच्छवी राजा मानदेवका नाति भारविको पालामा बनेको काठमाडौँको हाँडीगाउँको ढुङ्गेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ । 

उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौँ उपत्यकाको टोलटोलका रहेको ऐतिहासिक ढुङ्गेधारा लुँहिटी, मरुहिटी, थँहिटी, क्वहिटी, वहहिटी आदि नामले प्रचलित छन् । जुन नेवारी भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएका छन् ।  

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ४ : ४७ बजे

चाडपर्वलाई तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको

दशैँलाई कोसेली मुस्ताङी स्याउ

म्याग्दी– म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुुनालाई प्रसाद

दशैँमा सन्तुलित भोजन गरौं, नयाँ नयाँ ठाउँ घुमौं

झोल हालेर मासु, तारेर मासु, सुकाएर मासु, अचार बनाएर मासु

प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह

काठमाडौं– तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र

देशका अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत