आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति « Khabarhub

आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कटारी– उदयपुरको कटारी बजारको मुख्य भागमा रहेको होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लाको कटारी-३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज बिहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो ।

कमल साहले सञ्चालन गरेको होटलमा भएको आगलागीबाट पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताए। ‘होटलको काउन्टरबाट सुरु भएको आगलागीका कारण फ्रिज लगायतका सामग्री जलेका छन्’, उनले भने।

कटारी नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए। ‘तत्काल नियन्त्रणमा ल्याउन सकेकाले ठूलो क्षति हुनबाट जोगियो’, कार्कीले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ५ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया